
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बैंकमा काम गर्ने सहायक टेलरको मिलेमतोमा बैंकमा करोडौं रुपैयाँ घोटाला भयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । हो, यस्तै घटना कृषि बिकास बैंकमा घटेको खुलासा भएको छ । कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नतामा करोडौं रुपैयाँ घोटाला भएपछी नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा सीआइबीले अनियमितता गर्नेहरुलाई पक्राउ गरेको छ ।
कृषि बिकास बैंक लिमिटेड रामशाहपथ काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्याउने कार्यमा काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुमको सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखाको भिमेश्वर नगरपालिका–६ का ४२ वर्षीय रमेशकुमार थापाको संलग्नताको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसरी खुल्यो रहस्य :
आफू कार्यरत बैंकको मौज्दात रकम करीव ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महराजगंजबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । राष्ट्र बैंकको जाहेरीका आधारमा उनीहरुलाई सीआइबीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । उक्त कार्यमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको र सो सम्बन्धमा नेपाल राष्ट्र बैंकको पत्रको जाहेरी पश्चात सो ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाँउबाट उक्त कार्यमा संलग्न उनीहरुलाई मंसिर १३ गते पक्राउ गरेको हो । उनीहरु उपर उच्च अदालत पाटनबाट मंसिर १४ गते ५ दिन म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्