Skip to content
LAXMI SUNRISE BANK

अन्तर्घातको विषयलाइ लिएर स्याङ्जामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो !

अर्थ सरोकार

स्याङ्जा- स्याङ्जाको वालिङमा सोमबार भएको नेपाली कांग्रेसको समीक्षा बैठकमा कुटाकुट भएको छ। बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जाना घाइते भएका छन्। घाइते भेशराज अर्याल, कमल ढकाल र सुशील कफ्लेमध्ये अर्याल र ढकाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। 
जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो। स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए। 
कांग्रेसको समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगेरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK