
नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्स र कुुबेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई समस्याग्रस्तमुक्त संस्था घोषणा गरेको छ । राष्ट्र बैंकको समस्याग्रस्त संस्था रिजोलुुसन महाशाखाका अनुसार यही मंसिर १९ गते बसेको राष्ट्र बैंकको उच्च अधिकारीहरुको बैठकको निर्णयअनुसार पछिल्लोपटक यी संस्थाहरुलाई समस्याग्रस्तमुक्त संस्था घोषणा गरिएको हो । यसअघि पनि राष्ट्र बैंकले जनरल फाइनान्सलाई समस्याग्रस्तमुुक्त घोषणा गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वि.सं. २०६९ पुुस २३ गतेबाट समस्याग्रस्त संस्था घोषणा गरिएको कुबेर मर्चेण्टको राष्ट्र बैंकको नीतिगत व्यवस्थाबमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरी संस्थालाई सुचारु रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले समस्याग्रस्तमुक्त संस्था घोषणा गरिएको हो । समस्याग्रस्तमुक्त भएको कुुवेरले वि.सं. २०७६ साल मंसिर १८ गतेभित्र राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्नेछ भने अबको ३५ दिनभित्र पुँजीवृद्धिको योजना पेस गर्नुपर्नेछ ।
यसबाहेक खराब कर्जालाई क्रमिक रुपमा घटाउँदै लागि वाञ्छित सीमाभित्र ल्याउनुपर्ने, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्तदुरुस्त पार्नुपर्ने, हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थासम्म एकल ग्राहक कर्जा सीमा कोर क्यापिटलको १० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पूरा भएको अवस्थामा हाल विद्यमान व्यवस्थाअनुरुपको एकल ग्राहक कर्जा सीमा कायम हुनुपर्ने प्रावधान तोकिएको छ । चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको कुुवेरमा चालू आर्थिक वर्षको असोज मसान्तसम्म पाँच करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा रहेको छ भने निक्षेप सात करोड १३ लाख एक हजार रुपैयाँ रहेको छ ।
कुुल निक्षेपमध्ये संस्थागत निक्षेपकर्ताहरुको पाँच करोड ३४ लाख ७० हजार र व्यक्तिगत निक्षेपकर्ताहरुको एक करोड ७५ लाख ७७ हजार रुपैयाँ निक्षेप रहेको छ । समस्याग्रस्त घोषणा हुँदा उक्त फाइनान्समा ८० करोड ८५ लाख ५१ हजार रुपैयाँ कर्जा रहेको थियो भने ७१ करोड एक लाख ९८ हजार रुपैयाँ कर्जा रहेको छ ।
यसैगरी राष्ट्र बैंकले वि.सं. २०७१ साल चैत १६ गते समस्याग्रस्त घोषणा गरेको ललितपुुर फाइनान्सलाई पनि समस्याग्रस्तमुक्त संस्था घोषण गर्दै आगामी २०७६ मंसिर १८ गतेभित्र न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न, खराब कर्जालाई क्रमिक रुपमा घटाउँदै लगी वाञ्छित सीमाभित्र ल्याउन, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त पार्न निर्देशन दिएको छ ।
हाल १८ करोड ७९ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ललितपुर फाइनान्समा अहिले ३६ करोड १८ लाख ९४ हजार रुपैयाँ कर्जा रहेको छ भने १० करोड ९४ लाख २७ हजार रुपैयाँ निक्षेप रहेको छ । समस्याग्रस्त घोषणा हुुँदा उक्त फाइनान्समा एक अर्ब दुुई करोड ३८ लाख ५७ हजार रुपैयाँ कर्जा रहेको थियो भने निक्षेप एक अर्ब २९ करोड ३७ लाख २६ हजार रुपैयाँ रहेको थियो । आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्