
काठमाडौँ – माछापुच्छे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज लिमिटेडबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा माछापुच्छे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सीयल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गर्नु भएको छ ।
बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाईनान्सीयल सर्भिसेजले विश्वका ६६ देशहरुमा आफ्नो संजाल विस्तार गरेको छ । सो सम्झौता पश्चात अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरब इ्रमिरेट्स तथा वेलायतमा रहेका नेपाली दाजूभाई तथा दिदि बहिनीहरुले माछापुच्छ«े बैंकको नेपालभरि छरिएका ६२ शाखा, ५००० भन्दा वढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन काउण्टर र ७ शाखारहित सेवा काउण्टरबाट सजिलो र सरल माध्यमले रकम पठाउन सक्ने जानकारी बैंकले दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्