
वीरगञ्ज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवा कामचलाउ भूमिकामा सीमित रहेको र नेतृत्वको जथाभावी निर्णय गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनका भनाइले देउवा सरकारले गरेका निर्णय अमान्य हुने भन्दै नयाँ बन्ने बामपन्थी गठबन्धनको सरकारले ती निर्णय उल्ट्याउने संकेत गरे । चुनावमा बाम गठबन्धनले बहुमत ल्याइसकेको अवस्थामा देउवाले कुनै अत्यावश्यक निर्णय लिनैपर्ने भए आफूहरुसँग सल्लाह गर्नुपर्ने तर्क उनको थियो ।
‘काम चलाउ सरकारले नियुक्ति र सरुवा गर्न मिल्दैन’, प्रैस चौतारी र प्रैस सेन्टरले वीरगञ्जमा शुक्रबार गरेको पत्रकार भेटघाटमा उनले भने, ‘कुनै अप्ठेरो परेको अवस्थामा बहुमत सहित सरकार बनाउने तयारीमा रहेको पक्षसँग सल्लाह दिनुपर्छ ।’
नेता नेपालले निर्वाचनबाट जनताले बाम गठबन्धनलाई बहुमतको सरकार चलाउने अभिमत दिएकाले छिट्टै सरकार बनाउने तयारीमा जुट्ने बताए । नेता नेपालले सरकार र पार्टी नेतृत्वबारे एमाले र माओवादी केन्द्रबीच कुनै विवाद नरहेको स्पष्ट गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्