
काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् । मंगलबार आयोजित रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै नेता बस्नेतले अबपनि प्रधानमन्त्री को बन्छ भनेर बहस गर्नु भनेको गलत हुने भन्दै स्वभाविक रुपमा जनमत एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे ।
उनले भने, ‘वाम गठबन्धनबाट प्रधानमन्त्री को बन्छ भनेर प्रश्न गर्नु नै उचित छैन, ओली नै प्रधानमन्त्री हो, जनमतले त्यही भन्छ, उहाँको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्छ ।’उनले पार्टी एमाले–माओवादी केन्द्रवीचको एकताको विषयमा अहिले ठोस रुपमा छलफल नभएकोले सैद्धान्तिक रुपमा अध्यक्षको भनेर अहिले नै भन्न नसिकने स्पष्ट पारे ।
बस्नेतले भने, ‘अहिले एकताबारे सैद्धान्तिक रुपमा छलफल भएको छैन्, यस्तो अवस्थामा नेतृत्व कसले गर्ने भन्नेबारे बोल्नु सान्दर्भिक हुँदैन ।’उनले नेपाली कांग्रेसले नयाँ जनमतलाई सम्मान गर्नुपर्ने बताउँदै भने, ‘निर्वाचन सम्पन्न भएको छ, मुलुकले नयाँ जनादेश प्राप्त गरेको छ, अहिले सरकारको नेतृत्व गरेको कांग्रेसले विभिन्न बहानामा जनमत स्विकार गर्न नचाहेको हो कि भन्ने देखिँदैछ, राष्ट्रिय सभाको निर्वाचनसम्बन्धीको अध्यादेशको विवाद र प्रदेश केन्द्र तोक्ने निर्णय भनेको नै जनमतप्रतिको बेवास्ता हो ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने समेत माग गरे । उनले भने, ‘अबपनि उहाँ सरकारमा बसिरहने होइन, तत्काल राजिनामा दिनुपर्छ, जे निर्णय गर्ने हो ताजामतप्राप्त गरेकाहरुले गर्ने हो, जनताको चाहना भनेको राजनीतिक स्थिरता र विकास हो, अहिले त्यो दिशातर्फ उन्मुख रहेको बाम गठबन्धनलाई कसरी चलखेल गर्न सकिन्छ भनेर खेल खेल्न खोजेको आभाष भैरहेको छ, राजनीतिक तोडमोडको खेल खेल्नुहुँदैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्