
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- क्यासिनो माजोङमा भारतीय नागरिकता विक्री हुने र खुलेआम यौनधन्दा समेत हुने गरेको पुष्टी भएको छ । प्रहरीले आइतबार बिहान ३ बजे छापा मार्दा क्यासिनोमा भारतीय नागरिकता वितरण गरिएको भेटेको थियो । उक्त क्यासिनोमा नेपालीलाई भारतीय नागरिकता बेचेर जुवा खेलाइएको पाइएको छ भने क्यासिनोभित्र खुलेआम यौन क्रियाकलाप समेत भएको पाइएको छ ।
उक्त क्यासिनोमा अवैध क्रियाकलाप हुने गरेको उजुरीका आधारमा प्रहरीले क्यासिनोमा छापा मारेको थियो । महानगरीय प्रहरीपरिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुक नेतृत्वको टोलीले छापा मारेको क्यासिनोमा प्रहरीले २३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका २३ जनामध्ये चार जना विदेशी रहेकाले उनीहरुलाई छाडिएको र बाँकी १९ जनालाई नियन्त्रणमा लिइएको जनाएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा जुवा खेल्ने, खेलाउने र यौन क्रियाकलापमा संलग्नहरु समेत रहेका छन् । उक्त क्यासिनोमा १०० रुपैयाँमै भारतीय नागरिकता वितरण हुने समेत पाइएको छ ।
भारतको सिक्किम प्रदेशको मुख्य मन्त्री पवन चाम्लिङका छोरोले सञ्चालन गरेको उक्त क्यासिनोबाट प्रहरीले सुशील गुरुङ, धावा छिरिङ, सागर लामा, चन्द्रलाल श्रेष्ठ, हरि सुवेदी, शनि गुरुङ, मोतिलाला स्याङतान, विनय थापा, शिवशंकर राणा, अरुण सेढाई, तुलसीराम खत्री, नवराज बन्जारा, नवीना श्रेष्ठ, प्रशिष विष्ट, आयुष श्रेष्ठ, निरु ढुमन, सुरज पोखरेल, रजनी सिंह, सन्तोष श्रेष्ठ, दामोदर पोखरेल र भारतीय रामसागर यादव, विक्टर्स स्मेटचेक र मनोहर अधिकारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुबाट प्रहरीले नगद, विदेशी मुद्रा, एटीएम कार्ड र अन्य सामग्रीहरु बरामद गरेको छ । पक्राउ परेकासँग प्रहरीले चार लाख ४३ हजार २४६ नेपाली रुपैयाँ, भारतीय रुपैयाँ १००, अरेवियन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरका सिक्का २७ थान, ५०० दरका सिक्का दुई थान, १०० दरका सिक्का छ थान र सात लाख रुपैयाँ नेपाली रुपैयाँको चेक एक थान बरामद गरेको जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्