
काठमाडौं – नेकपा एमालेसँग एकता गर्ने भनिएको पार्टी माओबादी केन्द्र एकता नहुँदै फुटेको छ । नेकपा एमालेसँग हुने भनिएको एकताको विरोध गर्दै अाएका माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले माके एमालेमा विलय हुन लागेको भन्दै अाफूले पार्टी छोडेको बताएका छन् ।
आहूतीले आफू माओवादी केन्द्रमा नरहेको बताउँदै अध्यक्ष प्रचण्ड अाफनो नेता नभएको समते बताए र त्यसका साथै पार्टीमा कुनै वैचारिक छलफल नगरी एमालेमा विलय हुन लागेको दाबी गरे ।
मार्क्सवादी साहित्यमा अध्येता तथा वैचारिक नेताको रुपमा चिनिदै अाएका नेता अाहुतीले दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने बताए ।
बिग्रिएको पार्टीलाई सच्याउन पार्टी केन्द्रीय समितिले एकमतले महान बहस गर्ने निर्णय गरिसकेको अवस्थामा नेतृत्वले नेता कार्यकर्तालाई धोका दिएको आरोप समेत उनले लगाए ।
अाहुतीले एमाले कम्युनिस्ट पार्टी भएको कुरा माओवादीको कुनैपनि दस्तावेजले नस्वीकारेको अवस्थामा कम्युनिस्ट एकता भन्नु हास्यस्पद भएको बताएका छन् ।
नेता आहुतीले एमालेमा विलय हुन नचाहने नेता-कार्यकर्ताले मिलेर कम्युनिष्ट पार्टी निर्माणमा जुटेको जानकारी दिए । यस्तै माओवादी केन्द्रका अर्का नेता तथा साहित्यकार बलराम तिमिल्सिना ‘विप्लव’ ले पनि एमालेसँग एकता गर्ने पार्टी निर्णयको ठाडो बिरोध गरिरहेका छन्।
त्यसैगरी अर्का नेता गोपाल किरातीले पनि एकताको विरोध गर्दै नयाँ पार्टी पुर्नगठनमा लागेको बताएका थिए । एमालेसँग पार्टी एकता गर्ने माओवादी शिर्ष नेताहरुको निर्णयप्रति असहमति जनाउने केन्द्रीय सदस्यहरुको संख्या बढेको माओवादी स्रोतए बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्