Skip to content
LAXMI SUNRISE BANK

एमालेसँग एकता नहुँदै माओवादी केन्द्र फुट्‍यो, नेता आहुतिद्वारा पार्टी परित्याग, अर्को साता अर्को गुट पनि बाहिरिने

अर्थ सरोकार

काठमाडौं । केहि दिनमै माओवादी फुट्ने अर्थ सरोकारको विश्लेषण सत्य सावित भएको छ।  नेकपा एमालेसँग हुने भनिएको एकताको विरोध गर्दै अाएका माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले माके एमालेमा विलय हुन लागेको भन्दै अाफूले पार्टी छोडेको अाहुतीको भनाई छ । आहूतीले आफू माओवादी केन्द्रमा नरहेको बताउँदै अध्यक्ष प्रचण्ड अाफनो नेता नभएको समते बताए । उनले पार्टीमा कुनै वैचारिक छलफल नगरी एमालेमा विलय हुन लागेको दाबी गारे ।
मार्क्सवादी साहित्यमा अध्येता तथा वैचारिक नेताको रुपमा चिनिदै अाएका नेता अाहुतीले दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने उनले बताए ।
बिग्रिएको पार्टीलाई सच्याउन पार्टी केन्द्रीय समितिले एकमतले महान बहस गर्ने निर्णय गरिसकेको अवस्थामा नेतृत्वले नेता कार्यकर्तालाई धोका दिएको आरोप उनले लगाए । अाहुतीले एमाले कम्युनिस्ट पार्टी भएको कुरा माओवादीको कुनैपनि दस्तावेजले नस्वीकार गरेको अवस्थामा कम्युनिस्ट एकता भन्नु हास्यस्पद भएको बताए ।
नेता अहुतीले एमालेमा विलय हुन नचाहने नेता-कार्यकर्ताले मिलेर कम्युनिष्ट पार्टी निर्माणमा जुटेको जानकारी दिए । त्यसैगरी अर्का नेता गोपाल किरातीले पनि एकताको विरोध गर्दै नयाँ पार्टी पुर्नगठनमा लागेको बताएका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK