Skip to content

मेगा बैंकविरुद्ध, ४ निकायमा १५ पाना लामो उजुरी पर्यो, धीतोपत्र बोर्ड कारवाहीको तयारी गर्दै !

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समयमा नेपाली बैंकिङ क्षेत्रमै सबैभन्दा विवादित बैंक बनेको मेगा बैंकको विवाद झनै सतहमा आइपुगेको छ । बैंकविरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज, धीतोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकमा एक साथ १५ पाना लामो उजुरीपरेपछी बैंकभित्रको विवाद सतहमै आएको हो । बैंकका एक संचालकले विभिन्न निकायमा बैंकभित्रका विभिन्न काण्ड, बैंकले गरेका गैरकानुनी काम, अध्यक्षको मनपरी लगायतका बुंदाहरु समेटेर १५ पाना लामो उजुरी विभिन्न निकायमा दिएपछी बैंकभित्रको लफडा छताछुल्ल भएको छ । उजुरीमा बैंकका अध्यक्षले गरेको गैरकानुनी काम, बोर्ड बैठकमा छलफल नै नगरी माइन्यूट गरिएको विषय, बैंकले आन्तरिक रुपमा गरेका विभिन्न गैरकानुनी कामहरु समेटिएको छ ।

राष्ट्र बैंकले इन्सपेक्सन टोली पठायो, धीतोपत्र बोर्डको कारवाहीको तयारी !
यता बैंकभित्र भएका विभिन्न गैरकानुनी धन्दाबारे संचालकबाट नै उजुरी आएपछि नेपाल राष्ट्र बैंकले बैंकमा इस्न्पेक्सन टोली पठाएको थियो । यद्यपी उक्त टोलीले बनाएको प्रतिवेदन भने सार्वजनिक भएको छैन । यता धीतोपत्र बोर्डले भने बैंकलाई कारवाहीको तयारी समेत गरिसकेको बुझिएको छ । ‘मेगाले अति होइन अत्याचार गरेको रहेछ । तर हामीलाई कारवाही नगर्न ठुलो प्रेसर छ । यहि बेला बाम गठबन्धनले जितेको छ भने मेगाका अधिकांस संचालक एमालेका ठुला नेता वरपर घुम्नेहरु छन् । पोलिटिकल प्रेसर आएन वा  कम मात्र आयो भने हामी मेगा बैंकलाई कारवाही गरेरै छाड्छौं ।’ धीतोपत्र बोर्डका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने । यता नेपाल राष्ट्र बैंक स्रोतले भने उजुरीपछि इन्सपेक्सन टोली पठाईएको र त्यसको प्रतिवेदन अन्तिम रुपमा आउन बाँकी रहेको बताएको छ । यद्यपी उजुरीमा भनेजस्तै बैंकभित्र विभिन्न गैरकानुनी काम भने भएको पत्ता लागिसकेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।        

बैंकविरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज, धीतोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकमा एक साथ १५ पाना लामो उजुरीपरेपछी बैंकभित्रको विवाद सतहमै आएको हो । बैंकका एक संचालकले विभिन्न निकायमा बैंकभित्रका विभिन्न काण्ड, बैंकले गरेका गैरकानुनी काम, अध्यक्षको मनपरी लगायतका बुंदाहरु समेटेर १५ पाना लामो उजुरी विभिन्न निकायमा दिएपछी बैंकभित्रको लफडा छताछुल्ल भएको छ ।


मर्जर प्रर्किया अगाडी बढाउन यस्तो ‘नाटक’
यता मर्जर प्रक्रियामा जान बैंकको विशेष साधारणसभामा कोरम नै नपुगेपछि बैंकको विशेष साधारणसभा रोकिएको थियो । यहि पुष ४ गते बैंकले विशेष साधारणसभा बोलाउंदैछ । बैंकको आतारिक बोर्ड बैठकले गत साधारणसभामा जम्मा भएका प्रोक्सीहरुलाई समेत मान्यता दिने गरी निर्णय गरेको छ । जवकी यस्तो व्यवस्था कहीं कतै पनि उल्लेख गरिएको छैन । मर्जर प्रक्रिया नै अगाडी बढाउका लागि कम्पनीले यसको विपक्षमा रहेका संचालकलाई विभिन्न कोणबाट प्रेसर दिने काम गरिरहेका छन् भने यसअघि विशेष साधारणसभाका बारेमा समेत जानकारी एसएमएसबाट नदिने बैंकले प्रोक्सी बटुल्नकै लागि एसएमएस गरिरहेको छ ।
यसो त आगामी विशेष साधारण सभाबाट मर्जर प्रक्रिया अगाडी बढ्नेछ । मर्जर भएपनि नभएपनि आगामी सभाले त्यसको निर्क्योल गर्ने बुझिएको छ । यता मेगाको ‘गैर-मेगा’ पाराले आजित भएका कतिपय टुरिजमका स्टाफहरुले बैंक छाडीसकेका छन् भने केहि छाड्ने तयारीमा छन् । यसो त मर्जरसँगै कर्मचारीको लफडा पनि बैंकमा उस्तै छ । 

बैंकका विरुद्ध परेको उजुरीमा सौर्य दैनिक र अर्थ सरोकार डटकममा प्रकाशित समाचारलाई प्रमाणको रुपमा प्रेषित गरिएको छ ।   

(गोप्य स्रोतबाट हामीले मेगा विरुद्ध परेको उजुरीको कपि पाएका छौं । उजुरीका विषयबस्तुमाथिको अध्ययनसहित मेगाका कर्तुतहरु हामी प्रकाशन गर्नेछौं ।)   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्