×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व डिआईजी सिलवालको संसद पद धरापमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्व डिआईजी सिलवालको संसद पद धरापमा

Artha Sarokar

६ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं– हालै प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन्। 
डिआइजीको कार्यसम्पादन मूल्याङकन कीर्ते गरेको भन्दै सर्वोच्च अदालतले कीर्ते गर्नेहरुलाई अनुसन्धान  गरी कारबाहीको आदेश दिएको थियो । सर्वाेच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध बुधबार जाहेरी दर्ता भएको हो । 
जाहेरी दर्ता भएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले भने,‘कानुन अनुसार प्रक्रिया अघि बढेको छ ।’ जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन् । हाल प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी