×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE : ‘गतिछाडा’ नबिल बैंकको ‘गैरकानुनी’ ‘बिडीङ’, निर्देशिका विपरित काम गर्दा पनि राष्ट्र बैंक किन रमिते ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ- आफुलाई उपल्लो दर्जाकै बैंक भन्न रुचाउने नबिल बैंकले नेपाल राष्ट्र बैंकको नियम मिचेर एनटीएको निक्षेपमा ‘बिडीङ’ गरेको खुल्सासा भएको छ । प्रकाशित दरभन्दा बढीमा २ प्रतिशत थप गरीमात्र बिडीङमार्फत निक्षेप संकलन गर्न पाउने नियम भएपनि नबिल बैंकले उक्त नियमको बर्खिलाप गर्दै मनपरी ढंगले गैरकानुनी रुपमा निक्षेप संकलनमा बिडीङ गरेको खुलासा भएको छ । नबिल बैंकको प्रकाशित दरमा संस्थागत रुपमा आएको निक्षेपमा ९ प्रतिशत ब्याज दिने बताइएको छ । तर बैंकले एनटीएसँगको बिडीङमा १३.०२  प्रतिशत ब्याज दिने गरी बिडीङ  गरेको थियो । बैंकले बढीमा ११ प्रतिशत ब्याजमात्र बोलकबोल गर्न पाउँथ्यो ।
हेर्नुहोस् नबिल बैंकले प्रकाशित गरेको ब्याजदरको विवरण :
नियममा के छ ?
नेपाल राष्ट्र बैंकले जारी गरेको इ.प्रा। निर्देशन नम्बर १५/०७४को ब्याजदर सम्बन्धी व्यवस्था अन्तर्गत १ (ख)मा भनिएको छ, ‘बोलकबोल (Bidding) को आधारमा संकलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म ब्याजदर थप गरी निक्षेप संकलन गर्न सकिनेछ ।’ यसरी नियम मान्ने हो भने नबिल बैंकले अधिकतम ११ प्रतिशतमात्र ब्याज कबोल गर्न पाउँथ्यो । तर नबिल बैंकले हाकाहाकी मनपरी गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको यो नियमको धज्जी उडाउँदै एनटीएको बिडीङमा १३.०२ प्रतिशत ब्याज बोलकबोल गरेको थियो ।    
हेर्नुहोस् नेपाल राष्ट्र बैंकको नियम जस्ताको त्यस्तै 
       
एनटिएलाई १३.०५ प्रतिशत तिर्दै पैसा उठायो एनएमबीले 
नेपाल दूरसञ्चार प्राधिकरणको निक्षेप लिन नबिल र एनएमबी बैंकबीच प्रतिस्पर्धा चलेको थियो । एनएमबीले १३.०५ प्रतिशत ब्याज तिरेर ८० करोड रुपैयाँ निक्षेप उठाएको हो । उक्त बिडीङमा  नबिलले नेपाल टेलिकमलाई तिरेकै ब्याज १३.०२ प्रतिशत मात्र कबोलेको छ । नबिलले ७० करोड रुपैयाँका लागि एनटीएलाई प्रस्ताव गरेको थियो । नबिलपछि ग्लोबल आइएमइ र माछापुच्छ्रे बैंकले २५/२५ करोड रुपैयाँका लागि प्रस्ताव गरेका थिए। दुबैले ब्याज दर १२.७६ प्रतिशत कबोलेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: