
काठमाडौँ – कैलाल -५ बाट प्रतिनिधि सभामा निर्वाचित एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी रानाले आफू सरकारमा गएर मन्त्री बन्ने विषय पार्टीको हातमा रहेको टिप्पणी गरेका छन् ।
रानासँग पराजित भए पछि देउवाकी पत्नी आरजु राणाले उनलाई मन्त्री बनाउन आफूले पहल गर्ने बताएकी थिइन् । रानाले मन्त्री पदको जिम्मा आरजुका हातमा नभएको र पार्टीले जे गर्छ त्यही अनुसार चल्ने बताए ।
बिहीबार धनगढीमा भएको पत्रकार सम्मेलनमा रानाले आफूलाई निर्वाचित गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै चुनावका बेला गरेका बाचाहरु पाँच वर्षभित्र प्राथमिकताका आधारमा पूरा गर्दै जाने बताए । र सात नम्बर प्रदेशको राजधानी धनगढीदेखि अत्तरीयाको बीचमा जहाँ भए पनि उपयुक्त हुने बताए । साथै कैलाली सदरमु्काम धनगढीसँग सीमा जोडिएको गौरिफन्टा नाकालाई व्यवस्थित गर्न आफूले केन्द्रीय स्तरबाट पहल गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्