
काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुन लागेको जानकारी दिनुभयो ।
निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन लाग्नुभएको हो । काँग्रेसको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्