
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले साधारणसभाका लागि पुस १२ देखि ३० गतेसम्म बुक क्लोज गर्नेगरी जारी गरेको सूचनालाई पछाडी सारेको छ । एक सुचना जारी गर्दै टेलिकमले पुस १६ गते देखि ३० गतेसम्म बुक क्लोज हुने नयाँ सुचना निकालेको छ । टेलिकमको सुचनासँगै एकातर्फ लगानीकर्ताहरु आक्रोशित बनेका छन् भने अर्कोतर्फ नेपाल टेलिकमले किन यस्तो गर्यो भन्ने अर्को प्रश्न उठेको छ । तर यो प्रकरणभित्रको खेल भने अर्कै भएको खुलासा भएको छ ।
आफन्तको गफमा एमडीसाप लाग्दा भयो यस्तो बदमासी !
स्रोतका अनुसार यसो त बुक क्लोज कहिले गर्ने भन्ने कुरा टेलिकमको बैठकमा आउँदा बुक सूचना जारी भएको पाँच दिनपछि मात्रै बुक क्लोज हुने प्रावधानबारे नेपाल टेलिकमको बैठकमा कुरा उठेको थियो । तर आफुहरुलाई फाइदा हुने भन्दै नेपाल टेलिकमको बुक क्लोज मितिमा यसरी गढबढ गर्न भन्दै टेलिकमकि निर्देशक कामिनी राज भण्डारीका आफन्तले उनलाई दिएको सुझावका आधारमा उनकै निर्देशनमा यस्तो कम भएको स्रोतको भनाइ छ । कम्पनीमा आएदेखि नै विभिन्न ठेक्कापट्टाक काममा कमिसन खाएको भन्दै पटक पटक अख्तियारमा उजुरी परिसकेकी उनले आफु निकटका एक आफन्तले दिएको सुझावका आधारमा यस्तो गलत काम गरेको टेलिकमकै एक उच्च स्रोतको दावी छ ।
‘बेला-बेलामा ठेक्का पट्टामा कमिसन दिनेले जे भनेपनि उनले मान्ने गरेकी छिन् । यसपालीको भित्री कुरा पनि त्यहि हो ।’ स्रोतले भन्यो, ‘बुधबारको कारोबारमा कसले कति खेल्यो हेर्ने हो भने यी सबैकुरा छरपष्ट नै बाहिर आउँछ । ‘ स्रोतका अनुसार टेलिकमकि प्रबन्ध निर्देशक भण्डारीको यो हर्कतबारे अख्तियार दुरुपयोग अनसन्धान आयोग र नेप्सेमा समेत उजुरी गर्ने, उनलाई कारवाहीको माग गर्ने र सुचनापछी भएको कारोबार रद्ध गर्न माग गर्दै सम्बन्धित निकायमा उजुरी गर्ने तयारी टेलिकमभित्रकै एक समूहले गरिसकेको छ । तर नेपाल टेलिकमले सर्वसाधरणतर्फको संचालक चयन गर्नुपर्ने भएकोले बुक क्लोजको मिति सारिएको दावी गरिरहेको छ ।
लगानीकर्ताको आपत्ति, कामीनीका आफन्तले कमाए !
यता नेपाल टेलिकमको बदमासीपछी लगानीकर्ताहरु भने आक्रोशित बनेका छन् । सरकारी स्वामित्वको कम्पनीले लगानीकर्तालार्इ झुक्याउने काम गरेको भन्दै लगानीकर्ताहरुले जारी भएको सूचनाका आधारमा बुधबार भएको कारोबार रद्द गर्नुपर्ने माग गरेका छन् । लगानीकर्तालार्इ कारोबार सुरु भएपछि मिति सरेको सूचना दिनु लगानीकर्ताप्रति खेलवाड गर्ने कार्य भएको लगानीकर्ताहरुको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्