×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभापतिसहित १२ जनालाई १५ वर्षको लागि कारवाहीको सिफारिस, ति को-को हुन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सभापतिसहित १२ जनालाई १५ वर्षको लागि कारवाहीको सिफारिस, ति को-को हुन् ?

Artha Sarokar

९ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्सा – चुनावमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेर हराउनेहरुविरुद्ध नेपाली काँग्रेस कडा बन्दै गएको छ । काँग्रेसले स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै पूर्वसभापति तथा पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारवाहीको लागि केन्द्रमा सिफारिस गरेका छन् । त्यसैगरी अर्का पूर्व जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।
क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए । असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउन लागेको भन्दै चौधरी र क्षेत्री संलग्न रहेको बताउँदै श्रीवास्तावले उनीहरुलाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्वन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरेको जानकारी दिए ।
बैठकले चौधरी र क्षेत्रीसँगै १२ जना नेताहरुलाई कारवाहीको लागि केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताए । क्षेत्रीय अध्यक्ष श्रीवास्तवले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेशकुमार चौधरी, शिव चौधरी, शैलेन्द्रप्रसाद यादव, ढेडीप्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजन पटवारी र वीरेन्द्र पाण्डे कारवाहीको सिफारिसमा परेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी