×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सबैका दिन आउँछ भन्छन् नि ! अव नेप्सेको दिन आउँछ, यस कारण मालामाल हुँदैछन् लगानीकर्ता !

  • बलराम देवकोटा 
अब धेरै अल्मलिने दिन छैन । वास्तवमै एउटा चरण सकियो जस्तो लाग्छ । अधिकांश लगानिकर्ता बजार घट्ने शंका लिएर बसेका थिए । तर सायदै उनीहरुले कल्पना गरेजति बजार धेरै गहिराईसम्म गएन । बिच बाटोमै बजार फर्किदै छ । ईतिहासमा कुनै पनि घटना बारम्बार घट्दैन अनि कायम भयको रेकर्ड पनि सदाबाहर रहदैन । अब नेप्सेले आफुलाई केही समय सम्मको लागि नयाँ रेकर्ड कायम गर्ने अवसर पाएको छ ।
अल्पकालीन लगानीकर्ताले अब बजारलाई थप टेवा दिने निश्चितै छ । किनभने उनिहरुले पहिले-पहिले खेलाउनेहरुले जसरी बजारलाई खेलाउन चाहान्थे, चुनावले साथ दिएन र चुनावकको खर्च जोहो गर्न बिक्रीमा परेको दबाबले घटेको बजार अब प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा उक्त रकमको अधिकांश रकम पुनः पूँजी बजारमै प्रवेश पाउने छ । अबको दिगो सरकारको संभावनाले म्युचुअल फन्ड, ठुला र अनुभवी लगानिकर्ता अब बिस्तारै नेप्सेको प्रवेश द्वारबाट भित्रिने तयारीमा छन् । त्यसकारण अधिकांश अल्पकालीन लगानिकर्ताहरु नोक्सानीमा रहेकोले अब केहिसमयसम्म बजारमा यिनिहरुले धैर्यता गर्नु सिवाय: अरु केही विकल्प छैन ।
२१ गतेको चुनाव र त्यसपछिको नतिजा चाहे बामपंथीको पक्षमा होस या लोकतान्त्रिक पक्षमानै किन नहोस्, बहुमतिय र पंचबर्षिय बलियो सरकार बन्ने कुरालाई पनि कसैले नकार्न सक्दैन । जसरी बिपक्षीको लोकप्रियतालाई बिस्थापन गर्नकोलागी सिजनै पिच्छे परिवर्तन हुने सरकारका विपक्षी प्रतिनिधिले अघिल्लो सरकारका नीति तथा कार्यक्रमलाई बेवास्था गर्दानै परियोजना अलपत्र हुनु र देश गरिविको अवस्थामा रुम्मलिनु परेको थियो, अव त्यो अवस्था रहेन । अब बहुमतिय सरकारले लिएको निति तथा कार्यक्रम सफल रुपमा कार्यन्वयन हुने कुरामा आम लगानीकर्ता र जनता विश्वस्त हुन सकिन्छ । सबैका दिन आउँछ भन्छन् नि ! अव नेप्सेको दिन आउँछ !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: