
काठमाण्डौ । एनआइसी एशिया बैंकले अति दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीतिअन्तरगत यस बैंक र यूकेएडको लगानीमा सञ्चालित सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा बाजुराको बडीमालिका नगरपालिका वडानम्बर ८, मार्तडीमा संचालित शाखाको औपचारिक उद्घाटन गरिएको छ ।
गत साउन २२ गतेदेखि संचालित सो शाखाको पुस ४ गते मंगलबारका दिन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एक समारोहबीच बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले उद्घाटन गरे।
“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडि बढाईएको यस सहकार्यबाट एनआईसी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ। यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ ।
सक्षम यु. के. एडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।
समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामीण तथा दुर्गम स्थानका जनताहरुबीच बैकिङ्ग पहुँच अभिबृद्धि गर्ने कार्यमा सक्षम तथा एनआइसी एसिया बैंकको साझेदारीसहितको यस कार्यक्रमले सम्पूूर्ण क्षेत्रमा बैंकको पहुँच पुर्याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिलाई थप सहज बनाएको धारणा राखे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । बाजुरा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले नेपालभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्