Skip to content
LAXMI SUNRISE BANK

निर्वाचन आयोगको ‘इलेक्सन क्विज’कांग्रेसको पक्षमा, एमालेको गम्भीर आपत्ती

अर्थ सरोकार

काठमाडौँ – निर्वाचन आयोगद्वारा सञ्चालित ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एउटैमात्र पार्टीसँग सम्वन्धित प्रश्न सोधिएकाले एमालेले त्यो कार्यक्रम प्रति आपत्ति जनाएको हो ।
अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको क्विजमा निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘तीन २ उमेद्वार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखेको एमालेले जनाएको छ ।
‘हाम्रो पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारको रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ ।’ पार्टी प्रवक्ता विष्णु रिमालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘यदि प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारवाहीको लागि माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK