
काठमाडौं – समानुपातिकको केही स्थानमा मत गणना हुने बाँकी रहे तापनि अबको समयमा प्रधानमन्त्री को ? भन्दा पनि अबको सरकारमा मन्त्रीहरुको को ? भन्ने बहसहरु चल्न थालेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य केही नेताहरुले दिएको अन्तवार्ताहरुमा एमाले अध्यक्ष अबको प्रधानमन्त्री हुने पक्का जस्तै बनेको छ । तर एमाले माओवादीको पार्टी एकताको के हुने भन्ने आशंकाहरु पनि जनमानसमा छन् । यद्यपी केही नेताहरुको संकास्पद अभिव्यक्तिहरुका कारण एमाले माओवादी एक हुन नसक्ने छनक देखिएको छ । अहिलेको एमालेको प्राथमिकता भनेको सरकार निर्माण र त्यसपछि मात्रै पार्टी एकता भन्ने छ । उता माओवादी केन्द्रको प्रस्ताव पार्टी एकता र सरकार निर्माण सँगसँगै हुनुपर्ने छ ।
वाम गठबन्धनका सुत्राधार नाराणयकाजी श्रेष्ठले पार्टी एकतामा कुनै शंका नगर्न आग्रह गरेका छन् । उनले बिहिबार एक ट्वीट गर्दै बरु असमझदारीका बुँदाहरु छलफलबाट टुंगिने तर पार्टी एक हुँदैन की भन्ने भ्रममा नपर्न आग्रह समेत गरेका छन् । वाम गठबन्धनले बहुमत ल्याईसकेको अवस्थामा अवको प्रधानमन्त्री केपी शर्मा ओली बने भने उनले आफ्नो मन्त्री मण्डलमा कुन कुन नेताहरुलाई समावेश गर्लान ?
नयाँ संविधानले तोकेको २५ मन्त्रीमण्डलभित्र एमाले, माओवादीका कुन कुन नेताले मन्त्री बन्ने मौका पाउँछन भन्ने चर्चा सुरु भैसकेको छ । अहिलेसम्म लाभको पदमा नपुगेका एमाले सचिव योगेश भट्टराई, महासचिव इश्वर पोख्रेल पहिलो नम्वरमा छन् । त्यस्तै एमालेवाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, महेश बस्नेत, हृदयेश त्रिपाठी, नवराज सिलवाल, पद्यमा अर्याल, रघुवीर महासेठ, लालबाबु पण्डित, पार्वत गुरुङ, यज्ञबहादुर सुनुवार, छविलाल विश्वकर्मा, धन बहादुर बुढा, रविन्द्र प्रसाद अधिकारी, दीपकप्रसाद भट्ट, नारदमुनि राना, कृष्णगोपाल श्रेष्ठ या रामवीर मानन्धर लगायतको नाम अग्रस्थानमा चर्चामा छ ।
त्यस्तै माओवादी केन्द्रवाट अग्नी सापकोटा, पम्फा भुषाल, जर्नादन शर्मा, वर्षमान पुन, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, प्रभु शाह, बिना मगर, हितवहादुर तामाङ, श्यामकुमार श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतको नाम चर्चामा छ । भावी प्रधानमन्त्री ओलीले पनि आफनो मन्त्रीमण्डलमा युवा नेतृत्वलाई बढि स्थान दिने मानसिकता बनाएका छन् । त्यसकारण पनि ओली मन्त्रीमण्डलमा युवापुस्ताको राम्रै वर्चश्व हुने पक्का जस्तै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्