Skip to content
LAXMI SUNRISE BANK

बाम गठबन्धनभित्र आन्तरिक सहमति, ‘पहिला ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष, त्यसपछि पालैपालो’

अर्थ सरोकार

काठमाडौँ- अहिले देशभरबाट मतपरिणाम आउने क्रम जारी छ । जताततै बाम गठबन्धनकै दबदबा छ । दुइ तिहाइ आउने नदेखिएपनि बाम गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ । यो बीचमा मत परिणाम आउंदै गर्दा बाम गठबन्धनभित्र ओलीलाई पुन: प्रधानमंत्री बनाउने र प्रचण्ड  एकतापछिको पार्टी अध्यक्ष हुने सहमति भएको छ ।   
‘मतपरिणाम जे जस्तो आएपनि बाम गठबन्धनको बहुमत आउने स्पष्ट छ । त्यसपछि ओली प्रधानमन्त्री बन्ने र प्रचण्डलाई पार्टी अध्यक्ष दिने सहमति भएको छ ।’ बाम गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका एक नेताले अर्थ सरोकार डटकमसँग भने ।
उनका अनुसार पालैपालो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने गरी अहिलेको माओवादी र एमालेबीचका समूहहरुलाइ मिलाएर जाने सहमति बनिसकेको छ ।      
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK