
पोखरा – कास्कीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्ष छ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष छ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको छ ।
जिल्लामा एक हजार ३५० हेक्टर क्षेत्र सुन्तला उत्पादनशील भए पनि ७८० हेक्टरमा मात्रै सुन्तला खेती गरिएको छ । सुन्तला उत्पादनमा ह्रास आएकोले गर्दा यस वर्ष सुन्तला प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । किसानले करिब रु तीन करोड ५० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।
जिल्लाका कृस्तिनाच्नेचौर, निर्मलपोखरी, पुम्दीभुम्दी, भरतपोखरी, थुम्की र सल्यानमा सुन्तला उत्पादन पर्याप्त मात्रामा हुनेगर्दछ । तर अहिलेको वर्षमा सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्