
चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताएका छन् ।
चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताए । उनले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिए । हात्ती महोत्सवले समग्र देशलाई नै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडकखन्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशनसमेत दिए ।कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले सौराहालाई सुरक्षित बनाउन तटबन्धको जरुरी रहेको औंल्याए । यस्तै, क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले नारायणगढ–मुग्लिन सडकखन्ड छिट्टो निर्माण गर्न आग्रह गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्