Skip to content
LAXMI SUNRISE BANK

भोजपुरमा पुरुष प्रहरीले पुरुष प्रहरीलाई नै बलात्कार गरे, समाचार नलेखिदिनु भन्दै यस्तो रुवाबासी !

अर्थ सरोकार

भोजपुर- भोजपुर जिल्लामा पुरुषबाट पुरुष नै बलात्कृत भएका छन्  ।  भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई गाउँपालिकास्थित मानेभन्ज्याङ्ग प्रहरी चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक राबहादुर यादवले पुरुष म्यादी प्रहरीलाई बलात्कार गरेका हुन् ।
ड्युटीमा रहेको म्यादी प्रहरीलाई ४७ वर्षीय यादवले गत मंसिर २१ गते राति बाथरुममा बम राखेको हुन्छ भन्दै तर्साएर बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरले यादवलाई जिल्लामा झिकाइएको जनाएको छ । उनीमाथि आवश्याक कारवाहीका लागि प्रक्रिया बढाइएको डिएसपी दिपेन्द्र पन्जियार थारुले जनाएका छन्। 
यता प्रहरीकै बदमान हुने भन्दै विभागीय कारवाही हुने बताउँदै यस्तो कुरालाई समाचार नबनाउन थारुले आग्रह गरेका  छन् भने निरीक्षक यादवले समते घटनाबारे समाचार नबनाइदिन भन्दै रुवाबासी गरेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK