
काठमाडौँ – बुधबार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको दोस्रो दिनमा माओवादीका अध्यक्ष प्रचण्ड राष्ट्रपति बिद्यादेबी भण्डारीले बोलान बितिकै शितल निवास पुगेको बताइएको छ ।
मओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारी बीच सभा गठनसम्बन्धी अध्यादेशका विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ ।
राष्ट्रपति भण्डारीले अध्यादेशका विषयमा चाँडो राजनीतिक सहमति गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेको र अध्यादेशलाई लामो समयदेखि अड्काएर राख्दा नागरिकमा नकारात्मक छाप परेको भन्दै राजनीतिक सहमति खोज्न आग्रह गरेकी हुन् ।
अध्यक्ष दाहालले भने अध्यादेशका विषयमा मध्यमार्गी बाटो खोज्ने प्रयास आफूहरुले गरिरहेको र त्यसलाई चाँडै टुंगोमा पुर्याइने बताएका छन् ।
नेकपा एमालेले सरकारले ल्याएको अध्यादेश असंवैधानिक भन्दै त्यसलाई जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्दै आएको छ । राष्ट्रपति भण्डारीले दुई महिनादेखि अध्यादेश जारी नगरी थन्क्याएर राखेकी छन् ।
एमाले–माओवादीले कांग्रेसका सभापति समेत रहेका प्रधनमन्त्री शेरबहादुर देउवाकै कारण नयाँ सरकार गठनलगायतका प्रक्रियामा समस्या आएको आरोप लगाउँदै आएका छन् ।
राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ, भने अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्