
काठमाडौँ – निर्वाचन सकिएको २ सातापछि एमाले-माओवादीले आइतबार दिउसो सयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् र त्यस सम्मेलनमा एमाले र माओवादीका अध्यक्षले आफ्ना धारणा सार्बजनिक गर्ने जानकारी दिएका छन् ।
आइतबार अपरान्ह ३ बजे दरबारमार्गको पाँचतारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको तयारी भएको छ । पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यादेशबारेमा बामपन्थी गठबन्धनको अधिकारिक धारणा सार्वजनिक हुनेछ ।
शनिबारामात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त अध्यादेशबारे प्रधानमन्त्री देउवासँग बुझेका थिए । अध्यादेश पारित भएपछिमात्र सरकार छाड्ने देउवाको अडानविरूद्ध एमाले अध्यक्ष ओली भने आक्रामक देखिएका छन् ।
बामपन्थी गठबन्धनका नेताले अध्यादेश जारी नगर्नका लागि राष्ट्रपतिलाई सुझाव दिएका थिए । यसबारेको आधिकारीक जानकारी पत्रकार सम्मेलनका क्रममा दिइने गठबन्धन दलका प्रेस सल्लाहकारहरूले जनाएका छन् ।
निर्वाचनमा नराम्रोसंग हार बेहोरेको काँग्रेसका सभापति देउवाले सरकार छोड्नुअघि आफुले सोचेको जस्तो केही निर्णय गरेर छोड्ने देखिएपछि त्यसका बिरुद्ध रणनीति तय गर्दै गरेका बाम गठबन्धनका दुइ नेताले सयुक्त पत्रकार सम्मेलनलाइ अर्थपूर्णरुपमा हेरिएको छ ।
साथै निर्वाचनमा सँगै गएका यि दुई पार्टीको एकताबारे बजारमा चर्चा भएका कारण त्यसबारे पनि आजै आधिकारिक धारणा आउने दुवै पार्टी निकट सञ्चार स्रोतले बताएका छन् ।
निर्वाचन सकिए लगत्तै केपी ओली र प्रचण्डले ब्यक्त गरेका केहि सार्बजनिक धारणाले पार्टी एकता भाडिने हो भन्ने चिन्तामा रहेका एमाले-माओवादीका कर्यकर्ताले यो पत्रकार सम्मेलन मार्फत केही आधिकारिक जानकारी आउने आशा गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्