
काठमाडौँ – नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर– १ मा शुक्रबार कार्यक्रममा बोल्दै नेता सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनुमा दुःखी भएको ब्यक्त गरे ।
‘देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्छ’, उनले भने ।
नेता सिंहले पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोगेको भन्दै भने, ‘पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’ काठमाडौंमा काँग्रेसको पक्षमा चित्तबुझ्दो नतिजा नआएको उनको भनाइ थियो ।
काठमाण्डु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सिंहले मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको व्यक्ति आफू भएको भन्दै काठमाडौं क्षेत्र नं १ को विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले तीनपटक प्रतिनिधिसभामा जाने अवसर दिएको भन्दै मतदातालाई धन्यवादसमेत दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्