- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज पनि त्यहि मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ।