
काठमाडौं – प्राइम बैंकले गोरखा र दोलखामा शाखा विस्तार गरेको छ । प्राइमले गोरखाको सहिद लखन गाउँपालिका र दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरीमा नयाँ शाखा विस्तार गरेको हो । यी २ सहित बैंकको शाखा संख्या ५३ पुगेको छ । दोलखा शाखाको उद्घाटन बैंकका सञ्चालक दिनेश श्रेष्ठले गरे भने गोरखा शाखाको उद्घाटन बैंककै अर्का सञ्चालक बासुदेव रिजालले गरेका हुन् ।

सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको छ । देश संघीयतामा गइसकेकाले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने रणनीति लिइएको हो । हाल प्राइम बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार रुपैयाँ छ । बैंकले २७ प्रतिशत बोनस सेयर दिन लागेको छ । यो बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्