×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिश्रले २० रोपनीमा १६ करोडको घर कसरी बनाए ? मतदाता भन्छन्, ‘किरा त रविन्द्रकै शरीरमा परेका रहेछन्’

PRIME CA
GLOBAL IME BANK

मिश्रले २० रोपनीमा १६ करोडको घर कसरी बनाए ? मतदाता भन्छन्, ‘किरा त रविन्द्रकै शरीरमा परेका रहेछन्’

२० मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – रविन्द्र मिश्रसँग सम्बन्धित अनेकौं किस्सा बाहिर आएका बेला उनले बनाएको घर सम्बन्धि विभिन्न तथ्य पनि सामाजिक संजालमा भाइरल बनेका छन् ।  यसैबीच ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने नारासँगै राजनीतिमा हाम फालेको पूर्व पत्रकार रविन्द्र मिश्रले रातारात करोडौंको घर किनेको खबर प्राप्त भएको छ । मिश्रले लालितपुरको भैसेपाटीमा भव्य महल बनाएको रहस्य खुलेको हो । झट्ट हेर्दा ठूलै यो महल कुनै अर्बपति व्यापारीको जस्तो देखिन्छ । 
२० रोपनी क्षेत्रफलमा बनेको यो घरको मूल्य झन्डै १६ करोड रहेको बताइएको  छ ।  स्रोतका अनुसार अहिले यो घरलाई महिनाको ५ लाखमा भाडामा लगाउने तयारी हुँदैछ । काठमाडौं क्षेत्र नम्बर १ का जनताहरुलाई मिश्रले निष्ठाको राजनीति गर्छु भन्दै चुनावी मैदानमा होमिएका मिश्रले आफ्नो उद्दार गरेर जनताको आँखामा धुलो हाल्ने काम गर्दै आएको टिप्पणी समेत सामाजिक संजालमा हुन थालेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: