
विराटनगरका फार्मेसी सञ्चालकहरुले राजस्व ठगी गरेको खुलेको छ । मुख्य बजारक्षेत्रमा फार्मेसी सञ्चालन गरी रहेका सुशीलचन्द्र अटल र पवन कुमार अटलबाट दैनिक करोडौँको राजस्व ठगी हुने गरेको खुलेको हो ।
अटल फार्मेसीको नाममा विभिन्न स्थानमा ब्रान्च समेत सञ्चालन गर्दै आएका सुशीलचन्द्र अटलले पछिल्लो समय करोडौँको जग्गा समेत किनेका छन् । सरकारले ‘सर्जिकल’ सामानको बिक्रीमा भ्याट लाग्ने व्यवस्था गरे पनि उक्त फार्मेसीले भ्याटविना नै सर्जिकल सामानको खुलेआम कारोबार गरी राजस्व ठगिरहेको स्रोतको दाबी छ । अटलले स्वास्थ्यकर बुझाएको भन्दै भ्याटमा ठगी गर्ने गरेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०६५ सालमा ३०३३२४८६७ नम्बरको प्यान दर्ता भएर कारोबार गरेको अटल फार्मेसीले अहिलेसम्म पनि भ्याट दर्ताविनै सर्जिकल सामानको व्यापक बिक्रीवितरण गरी राजस्व ठगी गर्दै आएको छ ।
पछिल्लो समय सर्जिकल सामानको बिक्रीबाट राम्रो मुनाफा हुने देखेपछि अटल फार्मेसीका सञ्चालक सुशीलचन्द्र अटलले एकाध सगोलका पवन कुमार अटलको नाममा हिमगिरि मेडिको नामबाट फर्म दर्ता गराएर औषधिलगायत सर्जिकल सामानको सप्लाई नै गर्नथालेका छन् । हिमगिरि मेडिकोका सञ्चालक पवनकुमार अटल हुन् भने यसले आन्तरिक राजस्व कार्यालयबाट ३०१०५४१७३ नम्बरको प्यान दर्ता गरी खुलेआम सर्जिकल सामानको सप्लाई कार्यमा संलग्न रहेको स्रोतको दाबी छ । नर्सिङहोमदेखि अस्पताललाई चाहिने क्यानुला, बेन्डेज, प्लाष्टर, शल्यक्रियामा प्रयोग हुने सामानहरु धागो, ब्लेड, भ्यान्टिलेटरमा प्रयोग हुने सामानहरु भ्यान्टिलेटर सर्किटजस्ता अत्यावश्यकीय सामानको सप्लाई गर्दा ५ प्रतिशत र औषधि सप्लाई गर्दा ३५ प्रतिशत कमिसन अस्पताल सञ्चालकहरुलाई बुझाउँदै अटलद्वयबाट व्यापक राजस्व ठगी भइरहेको छ । आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्