
काठमाडौं – प्रतिनिधिसभामा राप्रपाबाट बिजयी भएका एकमात्र सांसद राजेन्द्र लिङदेनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बोल्न ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए ।
कार्यक्रममा बोल्दै महामन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले आफू हारेर पनि मलाई जिताउन सहयोग गरेको भन्दै अध्यक्ष कमल थापाप्रति नतमस्तक रहेको बताए र भावुक बनेपछि हलमा उपस्थित धेरै नेता तथा कार्यकर्ताले पनि आँसु थाम्न सकेनन् । अवरुद्ध गलामा बोलेका उनले कमल थापालाई देशले बुझ्न नसकेको नेताको संज्ञा दिए ।
अध्यक्ष थापालाई लिङदेनले वर्तमान युगको भीमसेन थापाको संज्ञा दिए । उनले भने, ‘म आभार व्यक्त गर्न चाहन्छु, जसले आफू हार्न तयार रहेर पनि मेरो जितलाई सुनिश्चित गराउनुभयो ।’
कार्यक्रममा अध्यक्ष थापाले राप्रपाको पराजयलाइ आफूले जिम्मा लिएको जानकारी गराउँदै अब गम्भीर रुपमा समिक्षा गरेर अघि बढ्न नयाँ शिराबाट अध्ययन गरिने बताए । देशभरबाट विजय भएका एकमात्र उम्मेदवार एवं पार्टीका महामन्त्री लिङ्गदेनलाई बधाई दिँदै अध्यक्ष थापाले अब राजेन्द्र एक्लैले सँसदमा मुकाविला गर्ने र पार्टीका पहिचानलाई जोगाएर राख्नेमा विश्वास व्यक्त गरे ।
‘हो साँच्चै पराजय भएको छ । हामीहरु सोच्न बाध्य भएका छौं, कि जनताले पत्याएनन, की हामीले बोकेको नीति कार्यक्रम असफल भयो । जरुर समिक्षा गर्नेछौं । हामी कुनै हालतमा पनि डगमगाएका छैनौ, आत्मविश्वास छ । हामी एकदिन जरुर जित्नेछौं । भोलिको राप्रपालाई हाक्ने मान्छे राजेन्द्र भाई नै हो । राजेन्द्र लिड्गेदेनले पार्टीको छवि बचाइदिनुभएको छ । धेरैधेरै धन्यवाद राजेन्द्र,’ भावुक हुँदै कमल थापाले बोलिरहँदा राजेन्द्र झन भावुक देखिन्थे ।
कार्यक्रममा मन्तव्य राख्दै राप्रपा अध्यक्ष थापाले लिङ्देनलाई ‘राप्रपाका गौरव’को संज्ञा दिए । उनले महामन्त्री लिङ्देनलाई पटक–पटक ‘मेरो भाइ’ भनेर सम्बोधन गरे । ‘आज मेरो मनभित्र रहेका भावनाहरुलाई सही शब्दमा व्यक्त गर्न सक्ने क्षमता मसँग छैन, त्यति धेरै खुशी लागेको छ,’ थापाले भने, ‘राप्रपाका उदीयमान नेतृत्व मेरा भाइ राजेन्द्र लिङ्देन, जसको काँधमा आज मात्र होइन भोलिको राप्रपाको पनि जिम्मेवारी छ, त्यस्तो व्यक्ति आज झापाबाट संसद्मा अत्यधिक बहुमतबाट विजयी हुनुभएको छ, म हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
२० मिनेट सम्बोधन गरेका अध्यक्ष थापाले लिङ्देनको खुलेरै प्रशंसा गरे । विद्यार्थी जीवनदेखि नै राष्ट्रवादी भावना मनभित्र बोकेर संघर्षमा रहेको र पार्टी स्थापनाकालदेखि रगत पसिना बगाउँदै पार्टीलाई यो अवस्थासम्म ल्याउनका लागि लिङ्देनले महत्वपूर्ण योगदान पु¥याएको थापाले स्मरण गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्