
काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव लगत्तै प्रधानमन्त्री र कांग्रेस सभापति पद छोड्ने भएका छन् । कांग्रेसले अप्रत्यासित हार व्यहोरेपछि उनी यस्तो तयारीमा लागेको बताइएको छ ।
‘देउवाजीको राजीनामा दिने आन्तरिक निर्णय भइसकेको छ । यस विषयमा उहाँले आफु निकटहरुसँग पनि छलफल गरिसक्नुभएको छ ।’ देउवा निकट कांग्रेसका एक बरिस्ट नेताले भने, ‘कांग्रेसको मतपरिणाम स्थिति निकै नै नाजुक भयो । यतिसम्म होला भन्ने सोचेका पनि थिएनौं । अव नैतिकताका आधारमा पनि राजीनामा दिनुको विकल्प नभएपछी उहाँले राजीनामा दिने तयारी गर्नुभएको छ ।’ ती नेताले अर्थ सरोकार डटकमसँग भने ।
‘यसैपनि चुनावपछी प्रकृयागत रुपमा नयाँ सरकार आउने छ । कांग्रेसको यो अवस्थामा कुर्सीमा बसीहरहनु पनि ठिक छैन ।’ अत्न्यमा ती नेताले भने, ‘चुनावको परिणाम सबैतिर आइसकेपछी देशबासीका नाममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुनेछ भने लगत्तै कांग्रेस सभापतिको पदबाट पनि राजीनामा दिनुहुनेछ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्