
सिरहा – संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व मन्त्री राजलाल यादवलाई लक्षित गोली प्रहार भएको छ । यादव चढेको गाडीमा अज्ञात समूहले बिहीबार राति गोली हानेको छ । लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा अज्ञात समूहले दुई राउन्ड गोली हानेको हो ।
राजपाका केन्द्रीय सदस्य राकेश झाले गोली प्रहारबाट पूर्वमन्त्री यादव बालबाल बचेको बताए । गाडी तीब्र गतिमा रहेकोले बन्दुकको गोली गाडीको पछाडिको बायाँ साइडको शिशामा लागेर शिशा फुटेको छ । राजपा केन्द्रीय सदस्य झाका अनुसार एक साता यता आधा दर्जन भन्दा बम विष्फोटको घटना भएको छ ।
सिरहा क्षेत्र नं २ को जिरो माइल भन्ने ठाउँमा अज्ञात समूहले बुधवार बम विष्फोट गराएको थियो भने चार दिन पहिले क्षेत्र नं ४ का माओवादी प्रतिनिधि सभा सदस्य उम्मेदवार रामशंकर नायक ‘अभिनाश’को मिर्चियाको प्रचार कार्यालयमा बम राखिएको थियो । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्