
- राजु पौडेल
देश अहिले चुनावी माहोलमा छ । यहि बर्ष स्थानीय चुनाव पनि भयो । मंसिर १० गते पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा को चुनाव शान्तिपूर्ण रूपमा भइसकेको छ । अव मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधि सभा र परदेश सभा को चुनाव हुदैछ । यो चुनाव अघि-पछि हुनेजस्तो चुनाव होईन । यो चुनावले विशेष महत्त्व राख्दछ । यो चुनावपछि देश आधिकारिक रुपमा संघीयतामा जाँदैछ ।
देश राजनीतिक क्रान्ति पूरा गरी आर्थिक क्रान्तितिर लम्कने अवस्थामा पुग्दैछ । अहिलेसम्मको चुनावी वातावरणलाई हेर्दा कुनै एक गठबन्धनको बहुमत आउने सम्भावना छ । बामपंथीहरुको बहुमत आएर सरकार बनाए भनेपनि देशमा कुनै एकतन्त्रीय शासन, तानाशाह र साम्मेवाद आउने छ भन्ने कुरा दिवा सपना मात्र हो । अहिलेको एकाईसौ शताब्दीमा त्यो पनि नेपाल जस्तो देशमा यो सम्भावना छदैछैन । बरु बहुमतको सरकार बन्यो भने विकास का मुहान फुट्नेछन् । पूँजी बजारलाई नकारात्मक असर गर्ने कुनै नकारात्मक नीति र नियम आउने छैन बरु देशमा राजनीतिक स्थायित्व र सम्मवृद्धिको वहार आउनेछ ।
तपाईंहरुलाई जानकारी होला नै अहिलेका कम्युनिस्ट नेताहरूको बैंक तथा वित्तीय संस्थाहरु, हाइड्रो पावर, कलेज, बोर्डिङ स्कुल तथा अस्पतालहरुमा व्यापक लगानी छ । यस्तो अवस्थामा के यिनिहरुले पुजी बजारलाई प्रतिकुल हुने नितिनियम ल्याउनला त ? मलाईत त्यस्तो लाग्दै लाग्दैन । बहुमत प्राप्तिपछि देशम स्थिर सरकार बन्ने छ जुन सरकारले पाँच बर्ष सम्म सरकार चलाउनेछ । नौ-नौ महिनामा सरकार बनाउने र गिराउने प्रथाको अन्ते हुनेछ देशमा आर्थिक विकासका मुल फुटनेछन ।
अहिलेसम्मका चुनावी बर्षमा आर्थिक वृद्धिदर बढेको छ । आर्थिक वृद्धि र सेयर बजार एउटा सिक्काका दुईवटा पाटा हुन् । आर्थिक वृद्धिदर बढ्दा त्यसको सकारात्मक असर सेयर बजारमा देखिन्छ । संघीयता कार्यान्वयन सँगै सातै प्रदेशमा कसले राम्रो विकास गर्ने र बलियो प्रदेश हुने भन्ने एउटा प्रतिस्पर्धा चल्ने छ । सबै स्थानिय निकायमा व्यापक पुजी परिचालन हुनेछ । सबै स्थानीय निकायमा बैंक र विमा कम्पनी पुग्नेछ्न् । त्यहाँ रहेको स-सानो पूँजी परिचालन गर्न वित्तीय कम्पनीहरुले महत्त्वपूर्ण भुमिका खेल्नेछन् । तिव्र गतिमा विद्युत उत्पादन हुनेछ फलस्वरूप देश औद्योगिक तथा कृषि क्रान्ति तिर जानेछ वैदेशिक लगानीको होइरो लाग्ने छ ।
लाखौ पर्यटक बर्षैपिच्छे नेपाल भित्रने छ्न पर्यटन व्यावसायले एउटा फडको मार्नेछ । Real sector का कम्पनीहरु फस्टाउने छन जुन कम्पनी नेप्सेमा सुचिकृत हुनेछ्न । यो बर्ष नेपाल को आर्थिक वृद्धिदर लगभग ७% हुनेछ भन्ने प्रक्षेपण गरिएको छ सोभाबिक रुपमा चुनावी बर्षमा आर्थिक वृद्धिदर बढनेनि छ । ठूलो बाढी पहिरोका बाबजुद पनि कृषि उपज अध्याधिक बढेको छ । इतिहासमा नै यो बर्ष धान उत्पादन अधिक भएको छ । एकातिर यो बर्ष राजनितीक स्थायित्व हुने र सबै आर्थिक सुचक सकारात्मक हुने अवस्थामा छ्न भने अर्को तिर सेयर बजार को विकासको लागि धेरै कार्यक्रमहरुको चर्चा परिचर्चा चलेको छ ।
यो बर्ष नेप्से र धितोपत्र बोर्डले लागू गर्न गैरहेका कार्यक्रमहरु जस्तै ब्रोकर कम्पनीहरु लाई सबै स्थानीय निकायमा पुर्याउने, ब्रोकर कम्पनीहरुलाई मार्जिन ल्यान्डिङ को सुविधा दिने काम अन्तिममा चरण पुगेकोछ, ब्रोकर कम्पनीहरुलाई डिलर सीपको काम दिने कुरा छ । अन्लाईन ट्रेडिङ को सुरुवात को लागि नेप्सेलाई व्यापक दबाब छ, गैराआवसिय नेपालीहरुको लागि नेपाली सेयर बजार खुला गर्ने कुरा चलिरहेको छ, बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने चर्चा छ्दैछ ।
नागरिक लगानी कोष र सन्चय कोषलाई बजार निर्माता बनाउने कुरा चलेकै छ । वर्तमान नेप्सेले प्रभावकारी रुपमा काम गर्न नसकेर अर्को निजि नेप्से ल्याउने चर्चा छ । यी कार्यक्रमहरु को लागू सगै सेयर बजारले एउटा इतिहास रचिने छ ।
दोस्रो त्रैमासिक प्रतिवेदनमा बैंकहरुले उल्लेखनीय प्रगति गर्नेनि छन । सेयर बजारलाई असर गर्ने ब्याजदर घटदो अवस्थामा छ बैंकहरु मा तरलता को समस्या समाधान भइसकेको छ । यसरी अहिले को वातावरण सेयर बजारको लागि ज्यादै अनुकुल छ यस्तो सकारात्मक वातावरणमा पनि सेयर बजारले एउटा उचाई नलिएर कहिले लिनेछ त ? तपाई लगानीकर्ताहरु आफै भन्नुहोस तर कतिपय पत्रीकामा चुनाव पछि सेयर बजार घट्नेछ भन्ने लेखहरु आउँदा लगानीकर्ताहरु अन्योलमा परेकाछ्न (ती पत्रीकाहरु सधै सेयर बजारप्रति नकारात्मक रहेका हुन्)
अन्योलमा पर्नुपर्ने म त कुनै कारण नै देख्दिन । त्यस कारण तपाई लगानीकर्ताहरु अन्योलमा पर्नुपर्ने कुनै पनि कारण छैन । चुनाव पछि माघ मसान्तसम्म मा नेपाली सेयर बजारले एउटा उचाई लिदै यो बर्ष फेरि अर्को इतिहास रच्नेछ भन्ने मेरो अध्यनले देखेकोछु त्यस कारण अहिले सेयर बेचेर बजार बाट बाहिरीने समय हुदै होईन अहिले ज्यादै सस्तो मुल्यमा राम्रा राम्रा कम्पनीको सेयर किन्ने अवसर छ । राम्रा राम्रा बैंकहरुका सेयर अहिले चार पाँच सयभन्दा तल छन् । यो समयमा तपाईहरु लाई राम्रो पोर्टफोलियो बनाउने ज्यादै उपयुक्त अवसर छ भन्ने मलाई लाग्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्