×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी नेता बादल बन्ने भए राष्ट्रपति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माओवादी नेता बादल बन्ने भए राष्ट्रपति

Artha Sarokar

३ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख परेको हो । सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी रहे पनि बादल भने माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् ।
चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने सोचमा रहेका बादललाई चितवन–३ मा उम्मेदवारी दिएका प्रचण्ड कमजोर हुने ठानेर माओवादीले ब्याक गराएको थियो । अध्यक्ष प्रचण्डले पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा नाम राख्न खोज्दा उनले मानेका थिएनन् । पछि राष्ट्रिय सभामा ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने आश्वासन दिइएको थियो । बाम गठबन्धनको बहुमत आएसँगै भागबण्डामा माओवादीले राष्ट्रपति पाउने भएपछि बादलको नाम अघि सारिएको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनालले भने आफैं हुन चाहेका छन् । उनले यसअघि विद्या भण्डारी राष्ट्रपति हुँदा पनि चाहना राखेका थिए । तर, पार्टीभित्रको समीकरणमा कमजोर देखिएपछि खनाल पछि परेका थिए ।
‘कमरेड बादललाई राष्ट्रपतिको उम्मेदवार बनाउने करिब पक्का भएको छ’, माओवादीका एक कार्यालय सदस्यले भने, ‘एमाले पनि उहाँको नाममा सहमत छ ।’ अर्का एक नेताले भने पार्टी नेतृत्वले राष्ट्रपतिमा अघि सार्न खोजे पनि स्वयं बादलले भने राष्ट्रपति बन्न अस्वीकार गरेको दाबी गरे ।
यसअघि राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यकाल दोहोरिन चाहेको समाचारहरु आएका थिए । त्यसका लागि राष्ट्रपति–उपराष्ट्रपति दुवैले आ–आफ्ना पूर्वपार्टीमा लविङसमेत गरिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी