
धनकुटा – निर्वाचन आयोगले तोकेको मौनअवधि जारी रहेका बेला धनकुटामा राप्रपा प्रजातान्त्रिकका एकजना कार्यकर्ता मतदातालाई बाँड्दै गरेको एक लाख रुपैयाँसहित पक्राउ परेका छन् । धनकुटा नगरपालिका–२ भीरगाउँबाट राप्रपा प्रजातान्त्रिकका कार्यकर्ता राजकुमार राईलाई एमालेनिकट युवासंघका कार्यकर्ताहरुले नियन्त्रणमा लिई निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका हुन् ।
राप्रपा नेता भैरव थापासहित पैसा बाँडिरहेको अवस्थामा राजकुमार एमालेनिकट युवासंघको नियन्त्रणमा परेका हुन् । युवा संघका केन्द्रीय सदस्य विप्लव राई, जिल्लाअध्यक्ष केशव लिम्बू र धनकुटा नगरअध्यक्ष मनोज राईसहितको टोलीले राजकुमारलाई नियन्त्रणमा लिएर निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका हुन् ।यज्ञबहादुर थापा भने भाग्न सफल भएका छन् । धनकुटा नगरक्षेत्रका जंगलमा पैसा बाँड्ने क्रम जारी रहेको थाहा भएपछि खोजी अभियान चलाइएको युवा संघले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्