×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कक्षा ११ को नतिजा प्रकासित, नतिजा यसरी हेर्न सकिन्छ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कक्षा ११ को नतिजा प्रकासित, नतिजा यसरी हेर्न सकिन्छ

Artha Sarokar

१८ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतिर्ण भएका परीक्षार्थीलाई यो मौका दिइएको थियो । जसअनुसार गत जेठमा त्यस्ता विद्यार्थीले मौका परीक्षा नियमित तर्फका परीक्षार्थीसँगै दिएका थिए ।
प्रकाशित नतिजा अनुसार परीक्षा दिएका मध्ये ३६ हजार ७४ जना परीक्षार्थी उत्तिर्ण भएका छन । यो परीक्षा दिएका परीक्षार्थीको कूल सख्याको ३५.५८ प्रतिशत हो । बोर्डले जेठमा लिएको परीक्षामा १ लाख १ हजार ३ सय ७५ परीक्षार्थीले परीक्षा दिएका थिए ।
परीक्षामा सहभागी भएका मध्ये २१ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । यो नतिजा वोर्डको वेवसाइट www.neb.gov.np, शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np, नेपाल टेलिकमको वेवसाइट www.neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
त्यसैगरी बोर्डले नियमित तर्फका परीक्षार्थीको परीक्षाफल पनि छिट्टै प्रकाशित गरिने जानकारी दिएको छ । सो परीक्षाको नतिजा प्रकाशनको काम तीब्र रुपमा चलिरहेको छ । यसपटकदेखि कक्षा ११ को नतिजा लेटर ग्रेडिङ सिस्टममा प्रकाशन गर्ने तयारी बोर्डले गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी