
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७३/०७४ सम्म चार आवमा दर्ता भएका कुल करदाताबाट सात सय ६८ करदाताहरु परीक्षण र अनुसन्धानको घेरामा परेको जनाएको छ । कार्यालयको वार्षिक तथ्याङ्कअनुसार आ.व.२०७०/०७१ मा कुल करदाता संख्यामध्ये एक सय ८८ वटा फर्महरु कर परीक्षणमा परेका थिए, जसबाट सो आर्थिक वर्षमा चार करोड ५३ लाख २३ हजार एक सय ८० थप राजस्व संकलन भएको थियो भने सोही आर्थिक वर्ष ५० करदाताहरु अनुसन्धानमा परेका थिए, जुन अनुसन्धानबाट एक करोड ३१ लाख ५० हजार छ सय ७३ रुपैयाँ थप राजस्व संकलन भएको देखिएको छ ।
त्यसैगरी कार्यालयको आव २०७१/०७२ तथ्याङ्कअनुसार एक सय ८३ करदाता कर परीक्षणमा परेकोमा जसबाट पाँच करोड ९६ लाख ६८ हजार दुई सय ६३ रुपैयाँ थप राजस्व संकलन भएको थियो भने सोही आर्थिक वर्षमा कुल ४५ करदाताहरु अनुसन्धानमा परेकोमा उक्त अनुसन्धानबाट एक करोड ३७ लाख ८४ हजार एक सय ३५ रुपैयाँ थप राजस्व संकलन गरेको देखिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा एक सय १५ करदाताहरुको कर परीक्षणबाट तीन करोड ६२ लाख ८७ हजार नौ सय ५६ रुपैयाँ थप राजस्व संकलन गरेकोमा सोही आवमा ३१ करदाताहरु अनुसन्धानमा परेकोमा २० लाख ६० हजार एक सय ४३ रुपैयाँ थप राजस्व संकलन गरेको थियो । कार्यालयले आव २०७३/०७४ मा परीक्षणमा परेका एक सय २७ करदाताबाट छ करोड ६० लाख ७५ हजार सात सय १२ रुपैयाँ थप राजस्व संकलन गरेको थियो । सोही आवमा २९ करदाताको अनुसन्धानबाट एक करोड ६८ लाख ८५ हजार छ सय ३२ रुपैयाँ थप राजस्व संकलन भएको कार्यालयको वार्षिक तथ्याङ्क विवरणले देखाएको छ । गत आवको अन्त्यसम्म व्यावसायिक स्थायी लेखा नं.(आई.टी.) लिने २३ हजार छ सय २८, व्यक्तिगत स्थायी लेखा नं.(पी.पान) १८ हजार ८ सय ५४, मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता तीन हजार पाँच सय ९८ र अन्तःशुल्क (एक्स साइस)मा दुई हजार दुई सय ३३ करदाताहरु दर्ता भएका थिए । आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्