
काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका समिरमान सिंह बस्नेत पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर काकीले खटाएको एक प्रहरी टोलीले उनलाई बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो । सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।
काठमाडौंको सितापाइला क्षेत्रलाई आधार इलाका बनाएर गुण्डागर्दीमा संलग्न उनीलगातको योजनामा गौचनको हत्या भएको प्रहरीले बताउँदै आएको छ।
अध्यक्ष गौचनको गत असोज २३गते सोमबार राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा गौचनको हत्या भएको थियो ।
बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो ।
गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्