×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङयोङको नयाँ ब्रानको गाडी नेपाली बजारमा आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्याङयोङको नयाँ ब्रानको गाडी नेपाली बजारमा आउँदै

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले नेपाली बजारमा नयाँ स्याङयोङ रेक्सटन गाडी भित्र्याएको छ । नेपालमा आएका ६ स्पीड म्यानुअलको गाडीको मूल्य ११ करोड ९९ हजार तथा ७ स्पीड अटोमेटिक ट्रान्समिसनको मूल्य १ करोड १९ लाख ९९ हजार रहेको छ ।

उपलब्ध नयाँ गाडीहरु एस युभी रेक्सटन ३ वर्षको वारेन्टी ६० हजार किलोमिटरसम्म उपलब्ध हुनेछ । जसले आरामदायी परिवर्तनको अनुभव दिँदै गतिशील डा्रइभिङ सक्षमपार्न चाडै प्रतिक्रिया दिन्छ । नयाँ रेक्सटनको डिजाइनलाई मेजिस्टिक थ्रिलर विषय अन्तर्गत कल्पना गरीएको छ र सोल्डर विङ प्रतीक रहेको छ ।
गतिशील र विशाल फ्रन्ट लुकको अलावा, यो एस यु भीएल इ डी (डीआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट )को साथ उपलब्ध छ ।
सेन्टर क्रोम मोल्डिङ, २० इन्चको स्पटर चक्काले यो मोडेलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको छ । यो ४ डब्लूडी टेक्नोलोजीमा आधारित छ, तथापि चालकहरुले आराम र इन्धनको संयोजनको लागि रियर व्हील ड्र्राइभ मोड प्रयोग गर्न सक्छन् ।
फ्रन्ट ह्विल डबल वीसबोन र रियर व्हील मल्टी(लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्राइभिङ स्थिरता र ड्र्राइभिङ अनुभव प्रदान गर्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी