×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानीमा लाइफ इन्स्योरेन्समा सीइओको गैरकानुनी नियुक्ति, बीमा समिति रमिते !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानीमा लाइफ इन्स्योरेन्समा सीइओको गैरकानुनी नियुक्ति, बीमा समिति रमिते !

२४ मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- शुक्रबार औपचारिक उद्घाटन भएको सानीमा लाइफ इन्सुरेन्समा सीइओको गैरकानुनी नियुक्ति गरिएको खुलासा भएको छ । प्रचलित नियम अनुसार कुनै पनि विमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन ६५ बर्ष ननाघेको हुनुपर्छ । तर विमा समितिले जारी गरेको यो निर्देशिका विपरित सानीमा लाइफ इन्सुरेन्समा गैरकानुनी नियुक्ति दिइएको हो । बीमा समितिको निर्देशिकामा यसअघि सीईओ जीएम वा प्रशासकलाई कार्यकारी प्रमुख मान्ने प्रचलन थियो । हालै आएको निर्देशिकाले भने जीएम पद नै हटाइएको छ । 
कम्पनीमा सीइओको रुपमा रहेका केशव राज केसी ६५ बर्ष काटेको भएपनि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका छन् । शुक्रबारको उद्घाटन कार्यक्रममा पनि उनी सीइओकै हैसियतले उपस्थित भएका थिए । बीमामा कर्मचारीको रिटायरमेन्ट ५८ वर्ष छ भने सीईओमा ६५ वर्ष छ । तर, यो कम्पनीमा बीमा समितिको निर्देशिकाबेगर सीईओ छन् ।

कम्पनीमा सीइओको रुपमा रहेका केशव राज केसी ६५ बर्ष काटेको भएपनि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका छन् ।

यस बारे कम्पनीको आधिकारिक धारणा लिन हामीले कम्पनीमा सम्पर्क गरेका थियौं । फोन उठाउने कर्मचारीले कम्पनीमा सुचना अधिकारी कोहि पनि नभएको भन्दै सीइओलाई फोन ट्रान्सफर गर्ने बताए । तर अर्थ सरोकारको फोन भन्ने बितिकै सीइओले फोन काटिदिए । यता निर्देशिका विपरित काम हुँदा पनि बीमा समिति भने रमिते बनेर बसेको छ । यसो त एनआरएनको लगानीमा स्थापना भएको कम्पनी भएकाले बीमा समितिकै मिलेमतोमा यस्तो काम भएको स्रोतको दावी छ ।
शुक्रबार भएको उद्घाटन कार्यक्रममा पनि बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंनै उपस्थित थिए । उनले नै कम्पनीको उद्घाटन गरेका थिए । स्रोतका अनुसार उनकै मिलेमतोमा निर्देशिका विपरित केशव राज केसीलाई सीइओ पदमा नियुक्त गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी