Skip to content
LAXMI SUNRISE BANK

मतगणनास्थलमै कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, दुई घाइते

अर्थ सरोकार

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ मा पार्टी प्रतिनिधिबीचको विवाद झडपमा परिणत भएको छ जसले गर्दा मतगणनामा अवरुद्ध भएको छ । एउटा मत पेटिएकामा सात सिल हुनुपर्ने भए पनि पाँच वटा मात्र भेटिएपछि विवाद सुरु भएको हो।
कांग्रेस र राजपाका प्रतिनिधिबीच सुरु भएको विवाद कार्यकर्तासम्म पुग्दा सामान्य विवाद पनि झडपमा परिणात भएको हो र त्यस पछि मतगणना भइरहेको स्थल सर्लाही क्याम्पस अगाडि कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
झडपमा परी ३५ वर्षीय कपलेश्वर मण्डल र करिब ५० वर्षीय सुरेन्द्र सिंहको टाउँकोमा गम्भीर चोट लागेको छ। झडप उग्र बन्दै गएपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। अहिले झडपको अवस्था सामान्य भए पनि मतगणना भने सुरु हुन सकेको छैन।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK