
सर्लाही – सर्लाही-४ को स्थगित मतगणना पुनः सुरु भएको छ । राजपाका उम्मेदवार राकेश मिश्र एक हजार मतले अगाडि रहँदा कांग्रेसका उम्मेदवार डा. अमरेश सिंह र राजपा पक्षधरबीच विवाद भएको थियो ।
प्राप्त जानकारी अनुसार अहिले सर्लाहीको मलंगवामा ‘कर्फ्यु’ लगाएर मतगणना सुरु भएको छ । प्रशासनले त्रास फैलाएर मतगणना सुरु गरेको राजपाका उम्मेदवार मिश्रको आरोप रहेको छ । राजनीतिक सहमतिका आधारमा मतगणना सुरु भएको छ तर पटक पटक अवस्था तनावग्रस्त बन्दै आएको र राजपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएर राजपाका कार्यकर्ता घाइत भएका थिए ।
मंगलबार विहान राजपाका अध्यक्ष मण्डलका सदस्य एवं सर्लाही-२ बाट निर्वाचित महेन्द्र राय यादवको संयोजकत्वमा एक समिति बनाएर छलफल गरी मतगणना सुरु गरिएको हो । अमरेश सिंहका पकड रहेको गाउँ बलरामा प्रत्येक चुनावमा बुथ कब्जा हुने गरेको थियो । यस पटक बलराको चार नम्बर वडा जब्दीमा मात्र कांग्रेसले बुथ कब्जा गर्न सकेको राजपाका कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्