×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिमाग लगा पासा दिमाग ! यो बेला पनि नकिनेको सेयर कहिले किन्ने त ?

  • एसपी ‘सुमन’ 
बजारमा तरलता अभाव छ । यसको ठाडो असर नेपाली सेयर बजारमा परेको छ । चुनावपछि बढ्छ भनेको बजार घटेर लगानीकर्ताहरु हैरान छन् । कतिपय लगानीकर्ताहरु त आत्तिएका समेत छन् । आत्तिनु स्वाभाविक पनि हो । तर घटेको नेप्सेलाइ चिन्ताको विषय भन्दापनि अवसरको रुपमा लिन सकिए नेप्से घट्दै गरेपनि हामीले कमाउने कुरामा कुनै शंका छैन ।
कुरा सबैका सुनौं तर विवेक आफ्नो प्रयोग गरौँ !
जव-जव बजार घट्न वा बढ्न थाल्छ तव तव अनेकथरी कुरा गर्नेहरु बजारको आंकलन गर्न थाल्छन् । कतिपयले त बजार अव यतिमा आउँछ र उतिमा आउँछ भन्ने भ्रामक कुराहरुलाई बढी जोड दिन्छन् । कतिपय राम्रै विश्लेषकहरु पनि यस्तो समयमा बोलिदिंदा सबैको तारो बन्ने गरेका छन् । कुरा सबैको सुन्दा केहि फरक पर्दैन । तर निर्णय आफुले लिनुपर्छ । कसैको बहकाउमा लाग्दा आफुलाई नै घाटा हुने हो । राम्रा कम्पनी छानेर सस्ता सेयरहरु उठाएको खण्डमा घाटा हुने कुरा नै हुँदैन । अहिले आइपीओकै हाराहारीको मूल्यमा पाइने सेयरहरु पनि छन् । त्यस्ता सेयर लिंदा लगभग घाटा हुँदैन ।
बुझेर लगानी गरौँ, ढुक्कसँग कमाऔं !
बुझेर लगानी गर्दा घाटा हुन्न । सेयर किन्दा राम्रा बाणिज्य बैंक, बीमा कम्पनी र केहि राम्रा हाइड्रोका सेयर किन्दा फाइदा नै हुन्छ । सस्तो छ भनेर थर्डक्लास बैंकको सेयर किन्नेहरुनै हुन् बजारमा डुब्ने । यसमा सचेत हुन आवश्यक छ । ५० करोडभन्दा बढी पूँजी भएका लघुवित्तहरुको सेयर किन्दा पनि घाटा हुन्न । आउँदो बर्ष नेपाली सेयर बजारका लागि राम्रो बर्षको रुपमा आउने कुरामा शंका छैन । अनलाइन कारोबार प्रणाली आउँदो बर्ष नै संचालनमा आउनेछ । लगभग स्थायी सरकार आउनेजस्तो वातावरणको विकास भइरहेको छ । अहिले बुझेर लगानी गर्दै ढुक्कसँग बस्यो भने घाटा हुन्न । 
किन्ने बेला यहि हो है !
वास्तवमा सेयर किन्ने बेला यहि हो । बजार घटेका बेला नकिने त बढेका बेला कहाँ फाइदा हुन्छ र । बजार अझै घट्छ भन्नेको पछी लाग्नु ठिक होइन । किनकि नेपालको बजार जति घटेपनि आफ्नो लयमा पक्कै फर्कनेछ । यो बजारको सुन्दरता पनि हो । बजारबारे राम्रो ज्ञान नभएकाहरु यो बेला सेयर बेचेर भागीरहेका छन् । सेयरहरु सस्तोमा पाइएको छ । यो बेला पनि नकिने त कहिले किन्ने सेयर ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: