
मानिसको आर्थिक पहुँचसँगै आफ्नो पूँजिलाई कसरी सुरक्षितका साथ लगानी गर्न सकिन्छ भन्ने चिन्ता आम नागरिकमा बढिरहेको बेला आम नागरिकको मागलाई मध्यनजर गर्दै शेयर सम्बन्धी एकदिने तालिम शनिबार जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा सम्पन्न भएको छ । तालिममा शेयर सम्बन्धी प्रशिक्षण नेशनल मर्चेन्ट बैंकका सन्तोष राज बजगाईले गर्नुभएको थियो ।

शेयर सम्बन्धी आम नागरिकले बुझ्नैपर्ने आवश्यकता तालिमको प्रशिक्षक बजगाईले बताउनुभयो । उहाँले शेयरको आवश्यकता, शेयरको फाइदा, शेयर खरिद, शेयरको विक्रि लगायतका विषयमा सहभागिलाई प्रशिक्षण गर्नुभयो । शेयर खरिदका लागि सबैभन्दा पहिले डिम्याट खाता अनिवार्य नै बैंकमा खोल्नुपर्ने तालिममा सहजकर्ता बजगाईले बताउनुभयो । शेयर लगानी गर्दा नयाँ लगानीकर्ताले आइपिओ खरिद गर्दा स्वयम् शेयर कर्तालाई फाइदा हुने प्रशिक्षक बजगाईले बताउनुभयो । आर्थिक बचत भएका नागरिकले बैंकमा वचत खातामा बचत गर्नुभन्दा शेयरमा लगानी गर्दा धेरै फाईदा हुने उहाँको भनाई थियो ।
उहाँको भनाई अनुसार नागरिकले शेयर सजिलै खरिद गर्न वा बिक्रि गर्न सकिन्छ । कम्पनीको पहिलो धनी शेयर लगानी गर्ने शेयर कर्ता नै भएकाले शेयर कर्ताले शेयर खरिद नगर्दासम्म कुनै कम्पनी सञ्चालनको आधार नभएको उहाँले बताउनुभयो । वर्तमान समयमा नेपालको कानुनले शेयर सम्बन्धी सहज वातावरणको सिर्जना गर्दा शेयर खरिदको आकर्षण बढेको छ । कुनै पनि कम्पनीले पटक–पटक शेयर बिक्रि गर्ने नपाउने भएकाले पुराना कम्पनीको शेयर खरिद गर्न शेयर कर्तालाई भने दोस्रो माध्यमबाट नै शेयर खरिद गर्नसकिने अवस्थाको बारेमा तालिम सहजकर्ता बजगाईले प्रस्तुत गर्नुभयो ।

साथै उहाँले कुनै कम्पनी नै धरासायी नै भयो भने शेयर कर्ताको शेयर नै घाटामा जाने विचार व्यक्त गर्नुभयो । तर वर्तमान समयमा सञ्चालन गरिएका कम्पनीहरु धरासायी नै बन्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । विगतको आर्थिक कारोबारको तुलनात्मक हिसाबले वर्तमान समयमा दैनिक आर्थिक कारोबार वृद्धि भएकोले सञ्चालित कम्पनीहरु धारासायी नै बन्ने अवस्था नभएको उहाँले तालिममा बताउनुभयो ।
सो तालिममा सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोला, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका अनुसन्धान प्रमुख मनोज ढकाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, वडा कार्यालयका सचिव, स्थानीय जनता, विभिन्न ठाउँबाट शेयर सम्बन्धी ज्ञान हासिलको निम्ति तालिममा सहभागिता थियो । विनोद डाँगीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

तालिम पश्चात् धेरै मानिसहरुले पनि शेयर खरिद गर्नतर्फ पनि विशेष ध्यान पुरयाउनेमा आयोजकले अपेक्षा गरेको छ । धेरै आर्थाेपार्जन गरेका व्यक्तिले गाउँघरमा व्याजमा लगानी गर्नुभन्दा बैंकमा नै बचत खाता खोलि जम्मा गर्नेको संङ्ख्या दैनिक रुपमा बढेको र आम नागरिकले सुरक्षित लगानी गर्ने ठाउँको खोजी गरिरहेको समयमा अब यस तालिमबाट धेरैले शेयर खरिद गर्नेको संख्यामा वृद्धि आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्