×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकतन्त्र बचाउन वाम गठवन्धनलाई परास्त गर्न जरुरी : देउवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लोकतन्त्र बचाउन वाम गठवन्धनलाई परास्त गर्न जरुरी : देउवा

Artha Sarokar

१८ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बचाउन वाम गठवन्धनलाई निर्वाचनका माध्यमबाट परास्त गर्न जरुरी रहेको बताएका छन् । अहिलेेको वाम गठबन्धनलाई जनताले जिताए लोकतन्त्र खतरामा पर्ने दावी उनले गरे ।
‘नेपाली जनताले पटकपटक प्रजातन्त्रका लागि लडेको छ,’ सोमबार बिहान डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले भने, ‘त्यसैले अहिले सचेत भइ जनताले वाम गठबन्धनलाई परास्त गर्नु जरुरी छ ।’
प्रधानमन्त्री देउवालेे एमालेे-माओवादी मिलेर बनेको वाम गठबन्धनले मुलुकमा प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउन खोज्नु पनि मुलुकको प्रजातन्त्रलाई खतरामा पार्नु भएको टिप्पणी गरे ।
‘प्रत्यक्ष राष्ट्रपति प्रणाली हाम्रो जस्तो मुलुकमा तानाशाही निर्दलीय पद्धती ल्याउन सक्ने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले प्रत्यक्ष राष्ट्रपति पद्धती ल्याउने कुरा जायज छैन ।’
उनलेे प्रत्यक्ष राष्ट्रपति शासन प्रणालीको कुरा गर्नु भनेको अहिले संविधानलाई समेत स्वीकार गर्न नसकेको बताएका छन् । उनले आफ्नो चुनावी क्षेत्र तथा गृहजिल्ला डडेल्धुराको विकास आफूले के कति गर्न सके त्यो जनता सामु छर्लंग भएको समेत बताएका छन् । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी