
डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बचाउन वाम गठवन्धनलाई निर्वाचनका माध्यमबाट परास्त गर्न जरुरी रहेको बताएका छन् । अहिलेेको वाम गठबन्धनलाई जनताले जिताए लोकतन्त्र खतरामा पर्ने दावी उनले गरे ।
‘नेपाली जनताले पटकपटक प्रजातन्त्रका लागि लडेको छ,’ सोमबार बिहान डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले भने, ‘त्यसैले अहिले सचेत भइ जनताले वाम गठबन्धनलाई परास्त गर्नु जरुरी छ ।’
प्रधानमन्त्री देउवालेे एमालेे-माओवादी मिलेर बनेको वाम गठबन्धनले मुलुकमा प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउन खोज्नु पनि मुलुकको प्रजातन्त्रलाई खतरामा पार्नु भएको टिप्पणी गरे ।
‘प्रत्यक्ष राष्ट्रपति प्रणाली हाम्रो जस्तो मुलुकमा तानाशाही निर्दलीय पद्धती ल्याउन सक्ने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले प्रत्यक्ष राष्ट्रपति पद्धती ल्याउने कुरा जायज छैन ।’
उनलेे प्रत्यक्ष राष्ट्रपति शासन प्रणालीको कुरा गर्नु भनेको अहिले संविधानलाई समेत स्वीकार गर्न नसकेको बताएका छन् । उनले आफ्नो चुनावी क्षेत्र तथा गृहजिल्ला डडेल्धुराको विकास आफूले के कति गर्न सके त्यो जनता सामु छर्लंग भएको समेत बताएका छन् । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्