
इलाम- पूर्व सभामुख तथा एमाले स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रका मतदान केन्द्रमा बम विस्फोट भएका छन् । सोमबार विहान १६ः१५ बजे इलामको इलाम नगरपालिकाको गोदक मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट भएको स्थानीयले बताएका छन् । केही दिनअघि नेम्वाङको गाडीलाई लक्षित गरेर बम विस्फोट भएपछि सुरक्षा थ्रेट देखाउँदै चुनावी कार्यक्रमलाई रोकेर काठमाडौँ आएका थिए । विस्फोटको आवाज ठूलो आएपनि मानविय र भौतिक क्षति नभएको स्थानीयले कम्युनिस्ट न्यूज सेन्टरलाई जानकारी दिए ।
यता सुवाष नेम्वाङ केहि समयअघि सुरक्षा थ्रेट भएको भन्दै काठमाडौँ फर्किएका थिए । लगत्तै उनी इलाम फर्किएपछी यस्तो घटना घटेको हो । उनको आफ्नै निर्वाचन केन्द्रमै बम पड्किएपछी उनी अव के गर्ने काठमाडौँ फर्कने कि यहीं बस्ने भन्ने तनावमा रहेको उनी निकटहरुको भनाइ छ ।
यता अर्थ सरोकार डटकमका इलाम सम्बाददाताले भने इलामको सुरक्षा स्थिति ठिक हुँदाहुँदै पनि नेम्वाङ काठमाडौँ फर्किएको बताएका छन् । पछी नेकपाका कार्यकर्ताहरुले उनको निर्वाचन क्षेत्रमा बम पड्काएपछी स्थानीयहरु त्राहिमाम बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्