
पोखरा – तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित स्थानीय ३ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा आज बिहान उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई प्राप्त विषेश सूचनाका आधारमा प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङ नेतृत्वको टोली र कृष्णदल गण ढकालटारबाट प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्व संयुक्त टोलीले राति १२ बजेदेखि निरन्तर निगरानी उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
उनीहरुको साथबाट प्रहरीले युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्याग्जिन, ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने गोली ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान बरामद गरेको छ ।
आँबुखैरेनी गाँउपालिका वडा नं. ३ मा रहेको अभियान श्रेष्ठको घरमा उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहँदा प्रहरीसँग भीडन्त गर्ने तयार अवस्था पाएपछि थप सुरक्षाको बलमा रुपमा सशस्त्र प्रहरी निरीक्षक चन्द्रकुमार थापा नेतृत्वको टोली पुगेको थियो । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्