काठमाडौँ – टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा रूपन्देही जिल्ला स्थित कटैया शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्वारा आज मिति २०७४/०८/२७ गतेका दिन आयोजित विशेष कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कंडेलज्यू तथा नेपाल राष्ट्र बैंक, सिदार्थनगर शाखाका मुख्य व्यवस्थापक श्री अशोक कुमार पौडेलज्यूले संयुक्त रुपमा शाखाको समुद्घाटन गर्नुभयो ।
यसै साथ बैंकको शाखा संख्या ३५ र १ एक्सटेन्सन काउन्टर गरी कुल ३६ पुगेको छ भने १८ वटा एटिएम संचालनमा रहेको छ । साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको कुरा सहर्ष जानकारी गराउदछौ ।